Inline Banner Index – 728×90

संसदमा संविधान संशोधन विधेयक-नेपालको अध्यावधिक नक्सा अनुसूची ३ सच्याउने गृहकार्य

0

१८ जेठ, काठमाडौं । २०७२ असोज ३ गते जारी भएको नेपालको संविधान दोस्रो संशोधन विधेयक संसदमा पेश भएको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । उक्त संशोधन प्रस्ताव कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा पेश गरेकी हुन् ।

मन्त्रिपरिषद बैठकले जेठ ५ मा लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो । त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।

जेठ १४ गतेको संसद बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेश गर्ने उल्लेख भएतापनि सर्वसम्मत पारित गराउन गृहकार्य गर्नुपर्ने भएकाले संविधान संशोधनको कार्यसूची झिकिएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपालगायतका दलले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् भने सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान समेत गरेको छ ।

सम्बन्धित
Loading...