Inline Banner Index – 728×90

समग्र वार्डको बिकास र युवा स्वरोजगार को लागि ध्यान केन्द्रित गर्ने छु: मानबहादुर राणा (वार्ड सदस्य तुल्सिपुर ७)

0


दाङ जेष्ठ ९
साबिक हलवार गाबिस वार्ड ८ खाद्रेमा बुवा रेशम राना र आमा हुमा देबि राणा को कोखबाट २०३२ कार्तिक -१४ गते जन्म लिएका मान बहादुर राना एक जुझारु युवा को रूपमा तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ मा वार्ड सदस्यको रूपमा फराकिलो मतान्तर ले बिजयी हुनुभएको छ।
कुनै एक बेला थियो मानबहादुर राणा भन्दासाथ पुरै मध्यपश्चिमान्चल बिकास क्षेत्र ले एक खेलाडी युबाको रूपमा चिन्ने गर्दथ्यो। उहाँ बक्सिङको खेलाडी को रुपमा रास्ट्रीय खेलाडी को रुपमा आफ्नो खेल जिबन बिताउनु भएको थियो। दाङको खाद्रे लाई पचासको दशक मा खेल केन्द्रको हबमा बनाउने कार्यमा उहाको अतुलनीय योगदान रहेको थियो।उहाँ बक्सिङ साथै भलिबलको खेलाडी रहनु भएको थियो ।
देशमा ०५६/०५७ साल तिर बढ्दो जनयुद्धको कारण २०५७ साल तिर रोजगारिको लागि बिदेशीनु भएका उहाँ तेह्र बर्ष बिदेशी भुमी मा श्रम बगाउनु भयो।
उहाँ बताउनु हुन्छ कोहि पनि युबा बिदेशी भुमी मा श्रम बेच्न नपरोस् आफ्नै मातृभुमी मा कर्म गरि बस्ने बाताबरण मिलोस भनी युबा स्वरोजगार र युबा लाई खेलकुद मा अगाडि बढाउन मद्दत पुगोस् भनी स्थानीय तहको निर्बाचन मा आफू ले उम्मेदवारी दिएको र जनताको साथ र सहयोग ले वार्ड सदस्यमा निर्बाचित भएको बताउन हुन्छ।
अब को पाच बर्षको अबधिमा सात न. वार्ड लाई युवा मैत्री ,सुशासन, भ्रस्टाचार मुक्त समाज निर्माण गर्ने आफ्नो योजना रहेको उहाँ बताउनु हुन्छ।

सम्बन्धित
Loading...