Inline Banner Index – 728×90

आईएम वीथ मनिषा कोइराला

0

लिम्पियाधुरा सहित समेटेर नेपालको नयाँ नक्शा जारी गरिएको निर्णयलाई मनिषा कोइरालाले स्वागत गरेपछि भारतीय सञ्चार माध्यमहरुमा उनको तीव्र आलोचना भइरहेको छ ।

तर, नेपालमा भने उनको समर्थनका सामग्री ट्रेण्डिङमा छ । सामाजिक सञ्जाल ट्वीटरको ट्रेण्डिङमा उनी लगातार एक नम्बरमा रहेकी छन् । ह्यास ट्याग आईएम वीथ मनिषा कोइराला ट्रेण्डिङ नम्बर एकमा छ ।

बिहीबार दिउँसो तीन बजेसम्म यो ह्यास ट्यागमा नौ हजार हाराहारीमा ट्वीट भएका छन् । कोइरालाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको ट्वीट रिट्वीट गरी नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् ।

 

सम्बन्धित
Loading...