Inline Banner Index – 728×90

‘जुनुको जुत्ता’ फिल्मलाई बेस्ट चिल्ड्रेन सर्ट अवार्ड

0

सर्ट फिल्म ‘जुनुको जुत्ता– द शुज अफ अ लिटल गर्ल’ ले लस एन्जल्स इन्टरनेशनल फिल्म फेस्टिभलको इन्डी सर्ट फेस्टमा अप्रिल २०२० को ‘बेस्ट चिल्ड्रेन सर्ट’ अवार्ड जितेको छ ।

‘जुनुको जुत्ता’ आगामी वर्ष एन्जल्स इन्टरनेशनल फिल्म फेस्टिभलको इन्डी सर्ट फेस्टमा प्रर्दशन हुनेछ। त्यस्तै, मार्च १३ साँझदेखि जर्मनीमा शुरु हुने इन्टरनेशनल सर्ट फिल्म फेष्टिभल ओवरहउसेन २०२० को ६६ औं संस्करणमा पनि छनौट भएको छ ।

जुनुको जुत्ता फिल्मको अन्तर्राष्ट्रिय प्रिमियर महोत्सवमै १६ मार्चमा हुनेछ। फेस्टिभलको चिल्ड्रेन एन्ड युथ फिल्म कम्पिटिसनमा परेको छ। ओवरहउसेनको २०२० को संस्करणमा पुरस्कृत भएको हो। फेस्टिभल ओवरहउसेनलाई सर्ट फिल्मको सबैभन्दा सम्मानित र विशिष्ट महोत्सवको रुपमा लिइन्छ।

११ सयभन्दा बढी अन्तर्रा्ष्ट्रिय फिल्ममेकरहरुको जमघट हुने गरेको महोत्सव यस पटक कोरोना भाइरसको भर्चुअल रूपमा हुने भएको छ। केदार श्रेष्ठको लेखन तथा निर्देशन रहेको ‘जुनुको जुत्ता’ जुत्ता–चप्पल उल्टो लगाउने सानी नानीको कथा हो।

आमा, शिक्षक लगायतले भने अनुसार सुल्टो नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजीको विषयमा फिल्म केन्द्रित छ। महोत्सवको उद्घाटन र समापन समारोह निःशुल्क हेर्न सकिने जनाइएको छ।

Source HimalKhabar
Loading...