Inline Banner Index – 728×90

समानताको आवाज

0

सामाजिक विकास  एक गतिशील प्रक्रिया हो जुन निरन्तर चलिरहन्छ। समाजिक बिकासको निरन्तरताले आज समाजमा सांस्कृतिक, राजनैतिक , आर्थिक अनि भौतिक लगायत विभिन्न क्षेत्रकाे आमूल परिवर्तन भएको छ। आज मानिस आफ्ना यी विकासका माध्यमबाट आफुलाई प्राणिहरुमा  सर्वश्रेष्ठ प्राणिकाे रुपमा सावित गरेको छ । आज मानिसले गरेको प्रबिधिको बिकासले हामीमाझ संचार गर्न सहज भएको छ। प्रबिधिले आज हामिलाई नजिक वनाएकाे छ। प्रबिधीको कारणले संसारका जाे काेहिसंग हामी एकअर्कामा सहजै जाेडिएका  छौ  तर अझैसम्म पनि सयौं बर्षसम्म संगै समाजमा बसेका हामी जाेडिन सकेका छैनौं । हामि माझ अझैपनि जातिय विभेदको पर्खाल कायमै छ। 

काेराेना संक्रमन चरम विन्दुमा पुगेको अवस्थामा अहिले हाम्रो देशमा जातिय समानताको वहस पनि सतहमा आएको छ। पश्चिम रुकुमा ६ जनाकाे ज्यान जानेगरी भएको नरसंहारले जातिय समानताको मुद्दालाई थप चर्चामा ल्याएको छ। २०६३ साल , जेष्ठ२१ गते जातिय विभेद मुक्त घाेषणा भएको हाम्रो देशमा रुकुम घटनाले अझैपनि हाम्रो समाजमा जातिय विभेद भित्रीरुपमा जरा गाडेर बसेकाे छ भन्ने कुरा प्रष्ट पारेको छ। यधपी हाम्रो समाजमा लैङ्िगक तथा वर्गीय असमानताहरु पनि कायमै  छन्। आज यस प्राविधिको युगमा विश्व चन्द्रमाको यात्रा गरिरहदा हाम्रो यात्रा भने जातिय, लैङ्िगक तथा वर्गीय विभेदका पर्खालमा ठाेकियर राेकिएका छन्।

इतिहासका विभिन्न घटनाक्रम हेर्दा जब हामी एक छौ तब हामी सफल भएको देख्न सकिन्छ । अंग्रेजहरुसंगकाे युद्धमा , राणा विरुद्धको आन्दोलनमा , पञ्चायत शाशन  विरुद्ध अनि एकात्मक राजतन्त्रकाे विरुद्ध हामी एक थियौ अनि सफल पनि भयौं ।हामी अहिले वर्तमानमा पनि काेराेना विरुद एक छौ र त यसको संक्रमनलाई कम गर्न सफल छौ।   समानताको व्यबहारले एकता कायम गर्छ । एकताले सफलता प्राप्त हुन्छ। आज समाजभित्र भएको असमानताले समाजलाई पछाडि धकलेकाे छ। याद गरौ असमानताकाे ब्यबहरले मानिस संयमलाई पतन गर्छ। दाेस्राे विश्व युद्धमा हिटलरकाे यहुदी प्रती गरेको अन्यायपुर्ण अनि असामनातापुर्ण ब्यबहरले अन्तमा उसकै पतन भयाे।

 देश परिवर्तनका लागि बगेको रगतमा  कुनै जात देखिदैन , देखिन्छत केवल देशप्रतिको अगाध माया। माओवादी युद्धका प्रथम शहिद दिल वहादुर रम्तेल वा २०६२/६३ कि सहिद सेतु विकको रगतमा कुनै जात बगेको थियन। बगेको थियो त केवल देश परिवर्तन गर्ने चाहना। राष्ट्र एकिकरणका  लागि पृथ्वीनारायणलाई बाटो देखाउने विशे नगर्चिकाे जात ठुलो कि विचार ? प्रश्नकाे जबाफ  माहाकविले नै दिएका  छन्  – मानिस ठुलो दिलले हुन्छ जातले हुदैन । राष्ट्र  गान गाउदा सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भनेर गाउने हामीले  त्यसलाई ब्यबहरमा पनि पालना गर्नु पर्दछ। वहुलजाति भाषा धर्म संकृति छन् विशाल भन्दै गर्व गर्ने हामिले त्यसलाई आत्मसात पनि गर्नु पर्छ। कपडा सिलायर हामी सबैकाे ईज्जत् बचाईदिनेकाे हामीले पनि ईज्जत् गर्नु पर्छ।यस प्रकारको सोच अनि ब्यबहरले मात्र देशमा समानता कायम गर्न सक्छ ।

हरेक घटनाको पछि कारक तत्वहरु हुने गर्दछन्। हामी कतिपय अवस्थामा घटनालाई मात्र देखाउछौ तर घटनाको कारक तत्व देखाउन पछाडि पर्छौ।नेपालमा जातिय विभेदको मुख्य कारक तत्व भनेको चेतनाको कमि हाे। नेपालमा चेतना वृद्धिको लागि शिक्षाको आवश्यकता रहेकाे छ। देशमा विभेद विरुद्धको कानुन त छ तर ब्यबहारमा लागु हुन सकेको छैन । मानौ कुनै विरुवाकाे  जरालाई मल चाहियकाे छ भने  के विरुवाकाे पातमा मल छरेर बिरुवा राम्रो हाेला त? पक्कै पनि विरुमा राम्रो हुदैन । हाे त्यस्तै भएको छ याे देशमा  जातिय विभेद बिरुद्ध बनाईएकाे कानुन अनि चलाईएका अभियानहरु , रुखकाे पातमा छरेकाे मल जस्तै।विभेद त हाम्रो समाजकाे भित्री जरामा घुसेकाे छ त्यहाँ पुग्न जरुरी छ विभेद बिरुद्ध काे कानुन अनि चलाईएका अभियानहरु।शिक्षाको माध्यमले समाजका हर अन्धकार चिर्दै चेतना छर्नु पर्छ ।सबैभन्दा महत्त्वपूर्ण हाम्रो साेच अनि व्यवहार सकारात्मक हुनु पर्छ ।हामी प्रत्यकले म समानताकाे व्यवहार गर्छु भन्ने अठाेट गर्नु पर्छ। हामी प्रत्यकले समानताको साेचलाई  व्यवहारमा लागू गर्यौ भने समाजबाट जातिय विभेद सदाका लागि  अन्त भएर जान्छ । अंध्याराे रातलाई चिर्दै बिहानिकाे उजेलि आउँछ भने जस्तै अहिले धेरै युवापुस्ताहरु जातिय तथा अन्य विभेदहरुलाई हटाउन लागि परेका छन्।अहिले गैर दलित युवाहरुले पनि समानताको आवाज उठाईरहेका छन्।यसैगरी  हामी सबै मिलि समानताको आवाजलाई अझ बुलन्द बनाउनु पर्छ। नेपाली समाजको विशेषता अनेकतामा एकता भन्ने मात्र हाेईन कायम राखौ समानता भन्ने साेचकाे पनि विकास गरौ।अनि छिट्टै देश बास्तवमै समतामूलक देश बन्नेछ । त्सपछि समानताको झन्डा सगरमाथाकाे चुचुरोमा गाड्दै , विजयको परेड कालापानीमा खेल्दै अनि संसारभर समताकाे मिठाे मुस्कान छर्नुपर्छ।

गाेपाल गिरी  , तुल्सिपुर-८ दाङ ।

सम्बन्धित
Loading...