Inline Banner Index – 728×90

कोरोना नियन्त्रणमा नेपाल सरकार असफल : नेपाली काग्रेस, केन्द्रिय कार्यसमिति ।

0

२६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गरेको हो ।

केन्द्रीय सदस्य रमेश लेखकले, कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको बताएकाा छन् । पर्याप्त स्वास्थ्य सामाग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति भएका सामाग्रीमा भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टिन नहुनु, परीक्षण किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको कांग्रेसले बताएको छ ।

आइसोलेसन सेन्टर र प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउनेहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु पनि सरकारको कमजोरी भएको कांग्रेसको ठहर छ ।

सम्बन्धित
Loading...