Inline Banner Index – 728×90

आफ्नो परिचय

0

खुकुलो गन्तव्यसहित नयनलाई 

वरपर डुलाउदै, जब म आफैभित्र 

प्रबिष्ट गर्छु, जोडजोडले कराउँछ 

यो अन्तरआत्मा खोज्दै अनेक सन्तुष्टि 

अनि मलाई बाध्य बनाउछ पहिचान गर्न,

आफ्नो परिचय ।।

जसरी इन्द्रेणीका रङ्गहरुले 

आफ्नो आफ्नो मौलिकता 

प्रस्तुत गर्छन त्यसैगरी 

मेरो शरिरका रक्त अनि कोष

तर सिमित अस्तित्व नै नभएको 

यो आत्माको के दोष 

सबैको मातृत्व यो शरीर 

लाग्ने छैन बोझ यदि 

जारिरहे आफुले आफैलाई 

पहिल्याउने खोज 

भन्दै अन्तरआत्माले 

मलाई बुझाउछ 

अनि वाध्य बनाउछ पहिचान गर्न,

आफ्नो परिचय ।।

केबल एउटा मिठो अनुभुतीको

अपेक्षा सहित 

बाचेको छ यो शरीर 

अर्थसिद्ध जिवनको आशामा 

भय छ, ठुलो यहाँ 

बद्लिन्छ कि यो आशा 

अनपेक्षित निराशामा 

तर अठोट छ यो मेरो 

टुङ्गयाउने छैन आफ्नो 

अस्तित्व क्षेणिक परिभाषामा 

भन्दै अन्तराआत्माले मलाई 

आफ्नै अस्तित्व चिनाउछ 

अनि बाध्य बनाउछ पहिचान गर्न,

आफ्नो परिचय ।।

सर्बस्व आफैलाई ठान्ने 

मेरो स्वभाबमा कसैको 

ग्रहण नलागोस भन्ने 

प्रतिबद्धता सहित अङगालेको 

स्वयम आफ्नो हृदयको बाचा 

म कसरी अपुरो गर्न सक्छु र 

भन्दै स्वय्म म हृदयसङ अठोट लिदै छु 

पहिचान गर्छु म,

आफ्नो परिचय ।।

सम्बन्धित
Loading...