Inline Banner Index – 728×90

सङ्क्रमितको सङ्ख्या ५ हजार ७ सय ६०

0

नेपालमा आइतबार  ४२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा मुलुकका विभिन्‍न जिल्लामा गरी ४२५ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

उनका अनुसार संक्रमितमध्ये ३७५ पुरुष ५० महिला छन् ।

संक्रमित हुनेमा मोरङका २५, सुनसरी १, झापा १, सप्तरीका १०, पर्साका १७, बारा ९ लगायत छन् । यो सङ्गै नेपालमा  कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।

हालसम्म ९ सय ७४ जना निको  भएका छन् । आइतबार ६ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित
Loading...