Inline Banner Index – 728×90

मैनतारा खानेपानीद्वारा उपभोक्तलाई महसुल छुट

0

विशाल परियार, दाङ जेठ ३,

सम्बन्धित पाेस्टहरु

तुलसीपुर उपमहानगरपालिका वडा न:१८मा रहेकाे जुपनिया मैनतारा खानेपनि उपभोक्ता तथा सरसफाइ समितिले करिव १५00 घरधुरीका उपभोक्तलाई न्युनतम महसुल छुट गरेकाे छ । हाल विश्वभर महामारिकाे रुपमा फैलिरहेको काेराेना भाईरस(covid-19)ले देशमा भैरहेकाे लकडाउनलाई मध्यनजर गर्दै २०७७साल बैशाख महिनाभरिकाे न्युनतम शुल्कमा छुट दिने र लकडाउन अबधिभरकाे विलम्ब शुल्क नलिने निर्णय गरेकाे हाे । लकडाउनका कारण उपभोक्ता माथि पर्न गएकाे असरलाई ध्यानाकर्षण गर्दै बैशाख महिनाकाे शुल्कमा छुट दिने जुपनिया मैनतारा खानेपनि उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष टिकाराम खड्काले जानकारि दिनुभएको छ । काेराेना भाईरसका विरुद्ध सम्पूर्ण उपभोक्तहरुलाई सरसफाइमा ध्यान दिने, सामजिक दुरि कायम गर्ने र काेराेना नियन्त्रणका निम्ति सचेतना अभियान सञ्चालन गर्ने समेत निर्णय गरेकाे अध्यक्ष खड्काले बताउनुभएको छ ।

सम्बन्धित
Loading...