Inline Banner Index – 728×90

मनसुन फेरि सक्रिय

0

न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मुलुकभर मनसुनी वायु सक्रिय भएर ठाउँठाउँमा वर्षा गराइरहेको छ । आइतबार बिहानैदेखि मुलुकभरका अधिकांश भागमा सामान्यदेखि पूर्ण मौसम बदली भई धेरै ठाउँँमा वर्षा भएको छ ।

मुख्यगरी साउनको ५ देखि ८ गतेसम्म प्रदेश नं १, २, वाग्मती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, वाग्मती, नारायणी, बूढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी तथा तिनका सहायक नदीमा उल्लेख्यमात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्ने अनुमान छ ।

ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने ससाना नदी नालामा साउन ९ गतेसम्म नै आकस्मिक बहावको सम्भावना छ । साउनको ५ देखि ७ गतेसम्म प्रदेश नं ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा समेत बहाव बढ्ने अनुमान छ । केही नदी सतर्कता तह आसपास पुग्नेछन् ।

Loading...