Inline Banner Index – 728×90

प्रश्न “तिमी”मा होईन “म”मा गरौ

0

प्रश्न, प्रश्न भनेपछि  हामी सबै जनाका खुट्टा थोरै भएपनि पछाडि सर्न थाल्छन्।आखिर,के हो त प्रश्न भनेको ? प्रश्न के हो ? सायद प्रश्नको परिभाषा थाहा नभएको थोरै नै मानिस होलान् । प्रश्न को परिभाषा हामी भित्रै नै छ। अझ भन्ने हो भने प्रश्न को सुरू “तिमी”र”म” बाट नै हुन्छ। तिम्रो नाम के हो ? तिम्रो घर कहाँ हो ?…… जस्ता प्रश्न हामी “तिमी” भन्ने प्रश्नमा प्रयोग गर्छौ । तिमीमा प्रयोग गरिने प्रश्न भन्नुपर्दा आफू स्वयम् नभई अरु माथि गरिने प्रश्न नै “तिमी” प्रश्न हो। म को हु ? मेरो लक्ष्य के हो ?……जस्ता प्रश्न “म” भन्ने प्रश्नमा प्रयोग गर्छौ। म मा प्रयोग गरिने भन्नुपर्दा आफू स्वयम् माथि गरिने प्रश्न नै “म”प्रश्न हो ।

                         प्रश्न गर्न पाउँदा कुनै समयमा सन्तुष्टि प्राप्त हुन्छ त कुनै समयमा असन्तुष्टि । अरूलाई प्रश्न गर्न पाउँदा ,अरूलाई औला उठाउन पाउँदा,अरूलाई हास्य पात्र बनाउन पाउँदा,…..लगायत अरूमाथि गरिने आलोचनामा हामी सबैलाई सन्तुष्टि प्राप्त को महसुस भइदिन्छ । तर यहि कुरा “म”भन्ने पात्रमा भइदियो भने असन्तुष्टि प्राप्त को महसुस भइदिन्छ। प्रश्न गर्नु राम्रो हो या होईन ? हाम्रो लागि प्रश्न गर्नु राम्रो पनि हो र नराम्रो पनि। राम्रो त्यति बेला भइदिन्छ जब हामी “तिमी”भन्ने पात्र माथि प्रश्न गर्छौ तर त्यहि प्रश्न “तिमी”भन्ने पात्रले “म”पात्र लाई गर्यो भने नराम्रो हुनजान्छ।

                         प्रश्न गर्नु राम्रो त हो तर प्रश्न “तिमी”भन्ने पात्र मा गर्नु  अघि “म” भन्ने पात्र माथि पो प्रश्न गर्ने हो कि? तिमी को हो भनेर सोध्नु पहिले ,म को भन्ने पो हो कि? मेरो पहिचान के भनेर “म”माथि नै प्रश्न गर्ने हो कि ?  हामीले हाम्रो जिन्दगीलाई अरू सङ्ग तुलना भन्दा आफैले आफू सङ्ग तुलना पो गर्ने हो कि ? …..हरेक व्यक्तिको अनुहार हेरेर प्रश्न गर्नु भन्दा अघि एकपटक ऐना  हेर्ने पो हो कि ?अरूलाई एउटा औला उठाउदा बाँकी रहेका चार ओटा औला आफै माथि उठिरहेका हुनछन् भन्ने सोच राख्ने पो हो कि ? प्रश्न गर्नु छ त आफैले आफूसँगै गरौ ।।  

Loading...