Inline Banner Index – 728×90

पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक ( डाउनलोड गर्नुहोस । )

0

काठमाडौं– सिकाइ प्रणाली अवरुद्ध रहेको र यसको प्रभाव लामो समयसम्म रहन सक्ने अवस्थालाई मध्यनजर राख्दै सरकारले सिकाइ प्रणालीलाई नियमित राख्न विद्यालय तहको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ सार्वजनिक गरेको छ ।

प्रत्यक्ष कक्षा सञ्चालन हुन सक्ने अवस्था हुँदा तथा नहुँदा समेत शैक्षिक वर्ष २०७७ को बाँकी अवधिमा निर्धारित पाठ्यव्रmमका पाठ्यवस्तुलाई समायोजन गरेर मात्र सिकाइ उपलब्धि सुनिश्चित गर्न सकिने अवस्था देखिएको परिषद्को ठहर छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को गत भदौ ११ गतेको निर्णय तथा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ कोे बुँदा १० अनुसार पाठ्यवस्तु सामायोजना ढाँचा, २०७७ विकास गरिएको हो । विद्यालयले यसै ढाँचाअनुरुप आगामी चैत मसान्तभित्र यस २०७७ सालको शैक्षिक सत्र पूरा गर्नुपर्नेछ ।

कक्षा १, २ र ३ को पाठ्यवस्तु समायोजन ढाँचा यहाँ क्लिक गरी डाउनलोड गर्न सकिनेछ ।
कक्षा ४ र ५ को पाठ्यवस्तु समायोजन ढाँचा यहाँ क्लिक गरी डाउनलोड गर्न सकिनेछ ।
कक्षा ६, ७ र ८ को पाठ्यवस्तु समायोजन ढाँचा यहाँ क्लिक गरी डाउनलोड गर्न सकिनेछ ।
कक्षा ९ र १० को पाठ्यवस्तु समायोजन ढाँचा यहाँ क्लिक गरी डाउनलोड गर्न सकिनेछ ।

सम्बन्धित
Loading...