Inline Banner Index – 728×90

ओप्पोद्वारा फेशनेवल एफथ्री ब्ल्याक भर्जन सार्वजनिक

0

क्रिकेटसंगको सहकार्य मनाउन कम्पनीद्वारा नयाँ टीभीसी पनि सार्वजनिक

२७ जेठ, काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ । मध्यम बर्गीय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री ब्ल्याक भर्जनको मूल्य ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

कम्पनीले केही समय अगाडि ओप्पो एफथ्री प्लस पछि सार्वजनिक गरेको एफथ्री गोल्ड भर्जन, डुअल फ्रण्ट क्यामेरासहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो स्मार्टफोन हो ।

ओप्पो एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप -सामूहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्ससहितको क्यामेरा जडान गरिएको छ ।

उपभोक्ताको आवश्यकता अनुसार उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा गर्दै ब्राण्डले उपभोक्ता, विशेषगरी युवा पुस्तासंग आफ्नो सम्बन्ध थप सुदृढ गर्न चाहेको जनाएको छ ।

कम्पनीका अनुसार एफथ्रीको ब्ल्याक भर्जन नेपाली बजारमा जेठ २७ देखि प्रमुख मोबाइल बिक्रि केन्द्रहरु मार्फत बजारमा उपलब्ध हुनेछ ।

‘उपभोक्ता मागको सुनुवाइ गर्दै तिनको आवश्यकता अनुरुप उत्पादन उपलब्ध गराउनु हाम्रो प्रमुख प्राथमिकता हो’ ओप्पो एफथ्रीको ब्ल्याक भर्जन सार्वजनिक गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने-‘नेपाल प्रवेश गर्दा देखिनै हाम्रा उपभोक्ता, तिनमा पनि विशेषगरी युवा पुस्ताले फोनमा रङ्को विकल्प माग गर्दै आइरहेका थिए । कालो रङ्ले स्टाइल र आत्मविश्वासको समेत प्रतिनिधित्व गर्छ । नयाँ एफथ्री मार्फत हामी उपभोक्तालाई नयाँ स्टाइल स्टेटमेण्ट स्थापित गर्ने अवसर प्रदान गर्न चाहान्छौँ ।

सम्बन्धित
Loading...